Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तातोपानीसहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने सहमती

काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने समझदारी गरेको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको द्विपक्षीय भेटवार्तामा सो समझदारी भएको हो ।

प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिसा) निःशुल्क गर्न चीन सकारात्मक भएको जानकारी गराएका थिए ।

चीनले सीमासँगै बीआरआई र अन्य नेपाल चीनसँग जोडिएका परियोजनाहरुलाई प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077