Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

मुगु । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानीतर्फ जाँदै गर्दा कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् ।

महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ ।

यस्तै उक्त घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077