झापा । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुँदैछ ।
अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन् ।
उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन् । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ ।
पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन् । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन् ।