Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी हिरासतमा रहेका टोपबहादुरको मुटुमा देखियो समस्या, अस्पताल भर्ना

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

मुटुको चालमा समस्या आएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

रायमाझीलाई २४ घन्टा निगरानीमा राखेर उपचार गरिने छ । उनको पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077