Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

काठमाडौं । वर्षाको कारण नेपाल 'ए' र आयरल्यान्ड 'ए'वुल्भ्सबीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो।

बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड वुल्भ्ससँग नेपालको 'ए' टिमले टी-२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो।

आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० र एकदिवसीय खेल खेल्ने दुवै टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077