Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा गुरूङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

राप्रपा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए। उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन्।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।

नेकपा एमालेले इलाम -२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेशसभा- १ मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र रास्वपाले पनि आ-आफ्ना उम्मेदवार उठाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077