Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री लामिछानेबारे कांग्रेसले दोहोरो चरित्र देखायो : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा कांग्रेसले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

नेकपा एमाले झापाको ११औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कांग्रेसले अघिल्लो दिनसम्म लामिछानेलाई प्रधानमन्त्री अफर गर्ने र भोलिपल्ट संसद्मा राजीनामा माग्ने काम गरेको अध्यक्ष ओलीको भनाई छ ।

उनले संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अनावश्यक ‘पावर एक्सरसाइज’ गरेको आरोपसमेत लगाए।

अहिले सत्तामा रहेका दलहरुबीच गठबन्धन नभई समीकरण बनेको अध्यक्ष ओलीले बताए।

उनले यो समीकरण मात्रै भएको उल्लेख गर्दै कसैका विरुद्धमा गठबन्धन नगरिएको जिकिर गरे।

नयाँ समीकरणले देशमा आशा र भरोसा जागेको अध्यक्ष ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077