Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निजी विद्यालयलाई काठमाडौं महानगरले भन्यो – नेपालीपन झल्कने नाम राख्नू

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।

महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ (४) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ ।

महानगर अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा व्यवस्था भए बमोजिम भएको नदेखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077