Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका मुख्य क्षेत्रमै सार्वजनिक जग्गा अतिक्रमण उच्च

काठमाडौं । काठमाडौंका विभिन्न मुख्य ठाउँका महँगो सरकारी जग्गा अतिक्रमणमा परेको भन्दै ती जग्गाहरू फिर्ता गराउन निवेदन दिनेको संख्या बढ्न थालेको छ ।

गृह मन्त्रालयले गत फागुन ९ मा सूचना जारी गर्दै सर्वसाधारण जनतालाई मिचिएको जग्गाका बारेमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जग्गा अतिक्रमणविरुद्ध उजुरी पर्ने क्रम बढेको हो ।

गृहमन्त्रालयको आह्वानसँगै काठमाडौंलगायत देशका विभिन्न भागमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको पाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अहिले काठमाडौंमा रहेको सार्वजनिक जग्गाको अभिलेखीकरण गर्ने काम भइरहेको र त्यसैको आधारमा संरक्षणका थप कार्ययोजना ल्याइने बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077