Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ ।

४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो ।

दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका तीर्थयात्री परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077