Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले सहकारी विभागमा मनोनयन गरे १० सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्।

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गरेका हुन्।

भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाललाई देउवाले सदस्य मनोनीत गरेका छन्।

साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका छन्।

नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077