Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उत्तरपुस्तिका हराएपछि छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले दुई विषयका परीक्षाको उत्तरपुस्तिका हराएपछि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

त्रिवि कार्यकारी परिषदको बिहीबारको बैठकले उत्तरपुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट २०८० वैशाखमा लिइएका दुई विषयका परीक्षाका उत्तरपुस्तिका हराएको थियो ।

त्रिविका पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय ( कोड नं. ४१२ ) का उत्तरपुस्तिकाहरू हराएको थियो।

त्रिविले उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077