Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लोकल रक्सी र गाँजा खेती खुलाउन कांग्रेस सांसद सापकोटाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सी र गाँजा खेती खुलाउनु पर्ने बताएकी छन्।

शुक्रबार राष्ट्रियसभामा प्रादेशिक समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएकी हुन् । उनले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताईन् ।

उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै सांसद सापकोटाले विरोध जनाइन् ।

सांसद सापकोटाले भनिन्,‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ ।तर, स्थानीय प्रशासनले त्यस्तो लोकल रक्सी भाँडा फालिदिन्छ।’

कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् । साथै, गाँजा खेती खुलाउने उनको प्रस्ताव छ ।

गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने उनको भनाई छ ।

मरुभूमिजस्ता अरबका देशहरु आफैंसँग भएको पेट्रोलियम पदार्थको प्रयोग गरेर धनी भएको उल्लेख गर्दै उनले नेपालले पनि आफूसँग भएका साधन र स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

यसो गर्न सकिए रोजगारी सिर्जना गर्न सकिने र युवाहरुको विदेश पलायन समेत रोक्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077