Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै बन्धक बनाएको आरोपमा अहमद पक्राउ

काठमाडौं । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट बिहीवार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

पक्राउ परेका बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

साथै उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेका थिए ।

पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077