Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिविले नेपाली र अङ्ग्रेजी भाषामा प्रश्नपत्र छाप्ने भएपछि शिक्षामन्त्रीले दिइन् उपकुलपतिलाई धन्यवाद !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्दशमार्फत विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा गरेको भन्दै त्रिविका उपकुलपतिलाई धन्यवाद दिएकी हुन् ।

त्रिवि प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको प्रश्न पत्र दुवै भाषामा बनाउने निर्णय गरेको छ । शिक्षामन्त्री हुनु अगाडी उनले प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा बनाउनुपर्ने आवाज उठाउँदै आएकी थिइन् ।

उनले सदनमै प्रश्न पत्र देखाएरै प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवैमा बनाउनुपर्ने माग राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077