Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुखबाट खसेकी गंगाको उपचार गर्न आर्थिक अभाव, सहयोगका लागि अपील

अछाम । रुखबाट खसेर घाइते अछामको चौरपाटी गाउँपालिकाकी गंगा देवी साउँदको उपचारको लागि परिवारले आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

चौरपाटी गाउँपालिका वडा नम्बर १ मोटेना टोलकी गंगाको उपचारको लागि परिवारले सहयोग मागेका हुन् । उनी यही चैत १० गते घास काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।

परिवारका अनुसार उनको कम्मरदेखि दुबै खुट्टा नचल्ने अवस्थामा छन् । उनको अप्रेशन गर्नु पर्ने भएको छ । तर तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।

आर्थिक अवस्था कमजोर कै कारण गंगा देवीका स्वास्थ्य अवस्था झनै नाजुक हुन थालेको छ । गंगा देवीको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

गंगाको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेका छन् । गंगालाई सहयोग गर्न चाहनेले गंगाका देवर देव साउँदको प्रभु बैंकमा रहेको खाता नम्बर २७८७०४७१०९४०००१८ मा सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077