Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्री र भीआईपीसँगको तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी, गौरका सोनी पक्राउ

रौतहट । देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंस्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाममा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन् ।

बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपियाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

सोनीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077