Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घण्टी बजाउँदै रास्वपाले घोषणा गर्‍यो मिलन लिम्बूलाई उम्मेदवार

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले इलाम पुगेर मिलन लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको छन्।

पार्टी सभापति लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन । इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।

कार्यक्रममा गृहमन्त्री समेत रहेका पार्टी सभापति लामिछानेले सम्बोधन गर्दैछन् ।

उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए।

उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए।

इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ। यहाँ एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077