Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई समर्थन गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नो दलको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।

बझाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले उपनिर्वाचन हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरे।

प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा अघिल्लो पटक सबै मिल्दा पनि एमालेले जितेको उनले बताए ।

अरुको घाँस र कुँडो खाएर राम्रै प्रतिस्पर्धा गरेको भन्दै अध्यक्ष ओलीले भने, ‘यस पटक इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन, हामी जित्छौं ।’

यसअघि ४ मंसिर २०७९ को चुनावमा बझाङ प्रदेशसभा १ मा पनि एमाले कृत्रिम रुपमा हारेको बताए । माओवादी र एकीकृत समाजवादीको बलमा कांग्रेसले जितेको बताए ।

यदि माओवादीको मत १३ हजार भएको भए एमालेले खुला दिलले समर्थन गर्ने थियौं भन्दै उनले एमालेको धेरै भोट भएकाले छाड्न नमिल्ने बताए ।

कहिले नभएको असन्तुष्टि चुनावका बेला देखिने गरेको भन्दै उनले त्यसो नगर्न नेता कार्यकर्तालाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077