Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिकूल मौसम : हवाई उडान अवतरण प्रभावित, चार विमान ‘डाइभर्ट’

काठमाडौं । काठमाडौँ उपत्यकामा प्रतिकूल मौसमका कारण आन्तरिक उडान-अवतरण प्रभावित भएका छन् ।

‘अचानक’ मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान–अवतरण प्रभावितको हो । प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको छ भने बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएको छ ।

यस्तै जनकपुरबाट आएको यती एयरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077