Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर बालिकाको मृत्यु, बाख्रो पनि मर्‍यो

सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यस्तै चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रा पनि मरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077