Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी जीपमा सवार नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको थियो । जीपका चालक पूर्व विनयत्रिवेणी गाउँपालिका–४ का ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077