Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी मिसाइल आक्रमणबाट युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

एजेन्सी । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको छ ।

युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोका अनुसार मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको हो ।

हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।

मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकु ड्रोन प्रहार गरेको बताइएको छ ।

यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077