Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषदको बैठक बस्दै, रिक्त पदपूर्तिको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।

नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको बताइएको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077