Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठक आइतवार बिहान ९ बजेपछि बालुवाटारमा जारी छ ।

बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नियुक्तिकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077