Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय समिति गठन गरौं : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालत न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय समितिको माग गरेका छन्।

आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले सर्वोच्च अदालतले आफ्नै नजिर बिर्सेर समान प्रकृतिको मुद्दामा फरक आदेश गरेको भन्दै न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरे।

सांसद सिंहले भने,‘कार्यपालिकाको कामलाई लिएर विश्वासको खडेरी भइरहेको समयमा न्यापालिकाबाट त्यस्तै विवादस्पद निर्णय हुन थालेका छन् । न्यापालिकाबाट के आधारणमा निर्णय भएको छ, यसबारे न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति बनाउन माग गर्छु । न्यायालयमा ठूल–ठूला मुद्दा प्रभावित भइरहेको छ कि ! समान मुद्दामा फरक फर निर्णय आइरहेको छ । सर्वोच्चले आफ्नो नजिर आफैँ खण्डन गर्न खोजिरहेको छ ।’

कमजोर न्यायाधीश कारबाहीको भागिदार बनेपनि सर्वोच्चका न्यायाधीशले उन्मुक्ति पाउने गरेको भन्दै उनले संसदीय छानबिन समितिको माग गरे।

पछिल्लो पटक भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई संसद्मा उपस्थित गराउन दिन सर्वोच्चको संयुक्त इजलासबाट भएको आदेशको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077