Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस सांसद मिजारको व्यंग्य – गृहमन्त्रीले सहकारी पीडितलाई ‘ललिपप’ खुवाएर घर पठाए

    कांग्रेस सांसद मिजारको व्यंग्य – गृहमन्त्रीले सहकारी पीडितलाई ‘ललिपप’ खुवाएर घर पठाए

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताएकी छन्।

    आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद मिजारले न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी हुन् ।



    सांसद मिजारले भनिन्,‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन।’



    उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।

    गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार