Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मेडिकल उपकरण खरिदमा करोडौं भ्रष्टाचार, व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले मेडिकल उपकरण खरिदमा कराडौं अनियमितता गरेको आरोपमा व्यापारी पण्डितसहित संलग्न सात जना कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको अख्तियारले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । बसेरा होटलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा ‍पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् ।

अख्तियारले व्यवसायी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेताविरुद्ध मुद्दा दायर गरेको छ।

त्यस्तै,स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077