Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्व छलीका मोबाइलसहित बालकुमारीबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले राजस्व छलीका मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-२ घर भई हाल जिल्ला ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी बस्ने २२ वर्षीया सरोज योञ्जन रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाइलसहित ट्रेन्डिङ मोबाइल हबबाट उनलाई पक्राउ गरेको हो।

ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

बरामद भएको मोबाइल करिब १५ लाख बराबरको रहेको छ। पक्राउ परेका योञ्जनलाई पक्राउ गरी निजलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077