Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सांसद केसीको प्रश्न - एसपी बढुवामा पहिलो नम्बरका डीएसपी किन परेनन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा पहिलो नम्बरमा रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी)किन छुटेको भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले डीएसपी बढुवाबारे प्रश्न गरेका हुन् ।

सांसद केसीले नेपाल प्रहरीका १२ जना डीएसपीबाट ८ जना एसपीमा बढुवा हुँदा सत्तागठबन्धनको सिण्डिकेटका कारण एक नम्बरका डीएसपी छुटेको टिप्पणी गरे।

सांसद केसीले भने, ‘वरिष्ठलाई पाखा पार्ने कामले सरकारको सुशासनको रटानको धज्जी उडेको छ ।’

हालै प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा गरेको बढुवामा १२ नम्बरका डीएसपी विनोद घिमिरे पर्दा पहिलो नम्बरका प्रदीप क्षेत्री छुटेका छन् ।

यसले सरकारको भनाइ र गराइमा ठूलो भिन्नता देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077