Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन - जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्नू

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो । समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको छ ।

समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने जनाएको छ । समितिले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न आग्रह गरेको छ।

परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समिति थप कारबाहीका लागि बाध्य हुने समिति सभापति राजकिशोर यादवले बताए ।

उनले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए । उ

नले दुबईको निर्णय कुन परिस्थिति र किन भयो ? कारणसहित पेस गर्न पनि निर्देशन दिए । सभापति यादवले निगमले जहाज खरिदपछि बनाएको व्यवसायिक योजना पनि पेस गर्नु निर्देशन दिए ।

सभापति यादवले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077