Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेता उद्धव थापाको प्रश्न – पाँच वर्षमा कतिपटक विश्वासको मत लिनुहुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापाले पाँच वर्षमा कतिपटक विश्वासको मत लिनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सभामा पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै उनले नेताहरूमाथि व्यङ्ग्य गरेका हुन् ।

केही समयअघि एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्ने दिएको अभिव्यक्तिप्रति इङ्गित गर्दै थापाले व्यङ्ग्य प्रहार गरे।

यस्तै हाम्रो नेपाली पार्टीका संसदीय दलको नेताको चरित्रप्रति उनले कटाक्ष गरेका छन् ।

नेता थापाले भने,‘निर्वाचनको बेला गठबन्धन बनाएर जानुभयो । पहिलो पटक ४ मतबाहेक सबै मत पाउनुभयो । मुख्यमन्त्रीले के गर्न खोज्नुभएको थाहा छैन । दोस्रोपटक ६७ मत पाउनुभयो । अहिले कति मत पाउनुहुन्छ हेर्नुपर्छ । २० वर्ष जान्छ भनेको गठबन्धन एक वर्ष पनि टिकेन । यसले कस्तो राजनीति सिर्जना गर्दै हुनुहुन्छ । विश्वासको मत पाँच वर्षसम्म कति पटक लिनुहुन्छ ?’

एक वर्षसम्म जम्मकट्टेल सरकारलाई विश्वासको मत दिएको हानेपाले गत हप्ता समर्थन फिर्ता लिएको थियो । तर तीन दिन नबित्दै मन्त्री नियुक्त भएकोमा थापाले प्रहार गरे ।

नेता थापाले मुख्यमन्त्री जम्मकट्टेलले १६ महिनामा तेस्रोपटक विश्वासको मत लिएकोमा पनि कडा प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077