Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारका ११ सचिवको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सरकारले एकै पटक ११ जना सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, कार्यालय तथा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश प्रमुख सचिव गरेर ११ जना सचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा पुगेका छन् ।

त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी उद्योगमा रहेका नारायणप्रसाद शर्मा दुवाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ। यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएको छ।

त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन्। त्यस्तै उर्जामा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सिचाईका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ । तर ११ जना सचिव सरुवा गरिँदा मधेश र बागमती प्रदेश प्रमुख सचिवविहीन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077