Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आइतबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।

प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले आइतबार एक कार्यक्रमकाबीच ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका हुन् ।

उनले ट्राफिक नियम उल्लङ्घन गरेका सवारी चालक तथा सवारी धनिलाई कारवाही गर्दा ट्राफिक प्रहरीद्धारा जारी गरिएको २४ घण्टे पुर्जीको सहजै ट्राफिककार्यालय कैलालीमा उपस्थित भई उक्त मेसिन द्धारा राजश्व भुक्तानि गर्न सकिने बताए ।

ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले मेसिनको जडान गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077