Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन : विप्लव

काठमाडौं । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द 'विप्लव'ले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन्। समाजवादी मोर्चाले गरेको अन्तर्क्रियामा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरे। उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे ।

अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने उनले विचार राखे ।

विप्लवले भने,‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ।’

साथै समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने कुरा सत्य नभएको भन्दै उनले नेपालको विशेषतामा आधारित समाजवाद स्थापना गर्न मोर्चा बनाइएको स्पष्ट पारे ।

चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताए । उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077