Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।

मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३४९ मत प्राप्त गरेका हुन्।

नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो। उपाध्यक्षमा अर्जुन भण्डारी ३४५ मत ल्याएर निर्वाचित भए।

४०३ मत ल्याएर कृष्णगोपाल तामाङ सचिवमा निर्वाचित भए। खुला उपसचिवतर्फ शिवहरि सापकोटा निर्वाचित भए। उनले ३६६ मत ल्याए।

महिला उपसचिवतर्फ सुशीला पाख्रिन ४५६ मत ल्याएर निर्वाचित भइन्। उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन्।

अधिवेशनमा ७४७ प्रतिनिधि थिए भने १०५ सदस्यीय कमिटी चुनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077