Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युके र फ्रान्स पठाईदिन्छु भन्दै करोडौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैदेशिक रोजगारका युके र फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा बस्ने केदार चौधरी, काठमाडौंको टोखा बस्ने जिवराज केसी र कास्कीको पोखरा महानगरपालिका बस्ने नन्द देवी पुन रहेका छन् ।

उनीहरुले युवायुवतिहरुलाई बैदेशिक रोजगारीका लागि बिभिन्ने देश पठाईदिने भन्दै पिडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए ।

पक्राउ परेकामध्ये केदार चौधरीले युके पठाई दिन्छु भन्दै ३५ जनाबाट ९ लाख देखि २० लाख सम्म उठाएर करिव ६ करोड लिई फरार भएका थिए ।

त्यस्तै, जिवराज केसीले फ्रान्स पठाईदिन्छु भन्दै सुमन कुमार वस्नेतसँग ११ लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए ।

नन्द देवी पुन युके फ्रान्स पठाईदिन्छु भन्दै रोशनी चौधरीसँग सात लाख ६७ हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077