Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसलाई उम्मेदवार चयनमा सकस, शेखरलाई शशांकले साथ दिँदा देउवालाई आपत !

काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसलाई सकस परेको छ ।

आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको हो ।

उम्मेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा उम्मेदवार छान्न सकस परिरहेको हो । इलाम–२ को उम्मेदवारमा जिल्ला सभापति डम्बर खड्काको पक्षमा अडान लिएका सभापति देउवा, डा. शेखर कोइराला र शशांक कोइरालाले बैठक बहिष्कार गरेपछि रोकिएका हुन् ।

शेखरले इलामबाट भेषराज आचार्यले जित्ने रिपोर्ट आएको भन्दै अरुलाई दिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिँदै बैठकबाट बाहिरिएका थिए । लगत्तै शेखरको भनाइमा सहमति जनाउँदै शशांक पनि बैठकबाट बाहिरिएका थिए ।

संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077