Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेसलाई उम्मेदवार चयनमा सकस, शेखरलाई शशांकले साथ दिँदा देउवालाई आपत !

    कांग्रेसलाई उम्मेदवार चयनमा सकस, शेखरलाई शशांकले साथ दिँदा देउवालाई आपत !

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसलाई सकस परेको छ ।

    आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको हो ।



    उम्मेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा उम्मेदवार छान्न सकस परिरहेको हो । इलाम–२ को उम्मेदवारमा जिल्ला सभापति डम्बर खड्काको पक्षमा अडान लिएका सभापति देउवा, डा. शेखर कोइराला र शशांक कोइरालाले बैठक बहिष्कार गरेपछि रोकिएका हुन् ।



    शेखरले इलामबाट भेषराज आचार्यले जित्ने रिपोर्ट आएको भन्दै अरुलाई दिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिँदै बैठकबाट बाहिरिएका थिए । लगत्तै शेखरको भनाइमा सहमति जनाउँदै शशांक पनि बैठकबाट बाहिरिएका थिए ।

    संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

    सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार