Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अजय देवगनको शीर्ष भूमिका रहेको ‘मैदान’को ट्रेलर सार्वजनिक

    अजय देवगनको शीर्ष भूमिका रहेको ‘मैदान’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 333
    SHARES

    एजेन्सी । बलिउड अभिनेता अजय देवगनको शीर्ष भूमिका रहेको फिल्म ‘मैदान’को फाइनल ट्रेलर सार्वजनिक भएको छ ।

    अजय देवगनको ५५ औं जन्मदिनको अवसरमा फिल्म ‘मैदान’को फाइनल ट्रेलर सार्वजनिक भएको हो । स्पोर्ट्स ड्रामा बायोपिक जनरामा बनेको फिल्मको दुई मिनेट लामो ट्रेलरमा अजय नयाँ र प्रतिभाशाली खेलाडीको खोजी गर्दै देशभर घुमिरहेको देख्न सकिन्छ ।



    फिल्ममा अजय भारतीय फुटबल प्रशिक्षक रहिमको भूमिकामा देखिनेछन् । प्रियामणिले उनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।



    फिल्ममा गजराज राव, स्लोचिता र रुद्रनिल घोष पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । ‘मैदान’को कथा सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक र व्यवस्थापक रहेका सैयद अब्दुल रहीमको जीवनमा आधारित छ ।

    ट्रेलरमा रहिमले कसरी फुटबलमार्फत देशलाई चिनाउन आफ्नो सम्पूर्ण जीवन बिताए भन्ने देखाइएको छ । चैत २८ मा रिलिज हुने यो फिल्मको लम्बाइ ३ घण्टा २ मिनेट छ ।

    इदको अवसरमा हिन्दी, तमिल, तेलुगू र कन्नडा भाषामा रिलिज हुने ‘मैदान’ अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’सँग भिड्दैछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार