Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डिएसपी बढुवाको गृहकार्य सुरु, १९ पदमा ९८ इन्सपेक्टरको प्रतिस्पर्धा

काठमाडौं। नेपाल प्रहरीमा एसपीपछि डिएसपी बढुवाको गृहकार्य सुरु भएको छ । गत साता एसपीमा ८ डिएसपीको बढुवा सिफारिस भएकोमा उजुरी नपरेपछि उनीहरुको यही साता बढुवा हुँदैछन् ।

एसपीको बढुवासँगै डिएसपीका १९ पद रिक्त भएका छन् । डिएसपी बढुवामा एसपी भन्दा अझै पेचिलो हुने देखिन्छ । १९ पदमा ९८ इन्सपेक्टरबीच चर्को प्रतिस्पर्धा छ ।

एसपी बढुवामा वरियता मिचेको भन्दै गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विवादमा परेका थिए । जसकारण डिएसपी बढुवामा वरियताअनुसार नै बढुवा गर्नुपर्ने दबाब उनीहरुमाथि छ ।

हालको वरियताअनुसार टप १० मा आयुश प्रसाद जोशी, दिपक मल्ल, धनबहादुर बोहरा, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, इन्द्रजित इटनी, प्रताप पौडेल, बोधराज रेग्मी र बीरदत्त पन्त अगाडि छन् ।

त्यसपछि टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जर्नादन घिमिरे,गुणराज बुढाथोकी, चन्द्र कुमार सिंह, पुरुषोत्तम कार्की र हिरेन्द्र बहादुर रोकाया टप १९ भित्र पर्दछन् ।

१९ भित्र पर्ने सबैजसो क्षमतावान प्रहरी अधिकृत हुन् । यद्यपी बरियतामा तल्लो तहमा रहेका इन्सपेक्टरहरु बढुवाका लागि शक्तिकेन्द्र धाइरेका छन् ।

१९ जनापछिको बरियतामा भिषणबाबु राई, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल, अनिलराज गिरी, निर्मल पनेरु, सुरेन्द्र प्रसाद जोशी, पवन्द्र बहादुर बम, गणेश सापकोठा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्जलाल गोले छन् ।

त्यस्तै, रुकबहादुर खड्का, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, रणबहादुर चन्द, पुष्कर बोगटी, चन्द्रभुषण यदब बसन्त पाण्डे, रामप्रसाद तिमल्सिना, प्रसन्नराज चौधरी, योगेन्द्र तिमल्सिना, विष्णु प्रसाद बस्याल पनि यही ब्याचका बढुवाका दाबेदार हुन् ।

इन्सपेक्टरहरू शिला थापा, नविन पौडेल, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवशबहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, बिक्रम लामा, मोह प्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह पनि प्रतिस्पर्धामा छन् ।

गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेन्द्र न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा, डम्बर बहादुर पुरी, शैलेश्वरी बोहरा, सरोज राई, लोकेन्द्रसिंह गुरु, हिरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, गोविन्द रावल, सुवास भट्टराई, देवेन्द्र बहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिव श्रेष्ठ, राजन लामा पनि छन् ।

अन्तिम सूचिमा भाष्कर खतिवडा, सुरज बहादुर खड्का, कृष्ण प्रसाद विष्ट, अनिल पण्डित, मदन थापा, कमल बहादुर खड्का, वकिल बहादुर सिंह, हरिबहादुर बस्नेत र शंकर खड्का छन् ।

उनीहरू सबै २०७० चैत ९ गते इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरु हुन् । प्रतिस्पर्धीमध्ये मधु नेपाल, लोबहादुर जिसी विगतमा रंगेहात पक्राउ परी पछि सफाई पाएका अधिकृत भएकाले उनीहरुको सम्भावना छैन ।

बढुवाका आकांक्षीहरु प्रधानमन्त्री प्रचण्ड निकट व्यक्तिहरूमार्फत लबिइङ गर्न थालेका छन् । केहीले गृहमन्त्री लामिछानेका निजी सचिव दीपक बोहरामार्फत पावर लगाएका छन् । बढुवाका लागि गृहसचिव एकनारायण अर्यालकोमा धाउनेको संख्या पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077