Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश गिरीकी श्रीमतीले सर्वोच्च अदालतको इजलासमै गरिन विष सेवन

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको इजलासमा विष सेवन गरेकी छिन् ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा रवालले विष सेवन गरेकी हुन् ।

उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चले जनाएको छ ।

त्यसपछि उनलाई वीर अस्पताल पठाइएको छ । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।

श्रीमती आरतीले इजलासमै विष सेवन गरेपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले न्यायाधीश गिरीलाई थुनामै राख्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077