Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताइवान भूकम्पमा १२९ च्यापिए, कम्तिमा ९ जनाको मृत्यु

एजेन्सी । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य जारी छ ।

ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भुकम्पको धक्का राजधानी ताइपेईसम्म महशुस गरिएको थियो ।

अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । सो भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन् ।

चार वटा मिनी बसमा यात्रा गरिरहेका कम्तिमा १३१ जना यात्रु एउटा टनेलमा थुनिएको र उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल नभएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077