Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इलाम-२ मा माओवादीले एमालेका सुहाङलाई सघाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए ।

एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन्।

नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन । इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077