Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीकी गंगाको उपचारका लागि परिवर्तनशिल युवा क्लबले गर्‍यो २५ हजार सहयोग

अछाम । रुखबाट खसेर घाइते भएकी अछामको चौरपाटी गाउँपालिकाकी गंगा देवी साउँदको उपचारका लागि परिवर्तनशिल युवा क्लबले आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ मोटेना टोलकी गंगा यही चैत १० गते घास काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि सोही टोलमा गठित परिवर्तनशिल युवा क्लबले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बुधबार क्लवका पूर्व अध्यक्ष बुद्धि साउँदले धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गंगाका देवर देव साउँदलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो सहयोग हस्तान्तरणका क्रममा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

साथै क्लवले गंगाको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइरहेको छ । गम्भीर घाइते गंगाको हाल सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

उनको उपचारमा आर्थिक अभाव भएपछि परिवारले देशविदेशमा रहेका सबैलाई सहयोगका लागि अपील गरेका थिए । उनको उपचारका लागि अहिले देश तथा विदेशमा आर्थिक संकलन भइरहेको छ ।

[insert page='282219' display='yopanipadhnuhos.php']

परिवारका अनुसार उनको कम्मरदेखि दुबै खुट्टा नचल्ने अवस्थामा छन् । उनको अप्रेशन गर्नु पर्ने भएको छ । तर तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।

आर्थिक अवस्था कमजोर कै कारण गंगा देवीका स्वास्थ्य अवस्था झनै नाजुक हुन थालेको छ । गंगालाई सहयोग गर्न चाहनेले गंगाका देवर देव साउँदको प्रभु बैंकमा रहेको खाता नम्बर २७८७०४७१०९४०००१८ मा सहयोग गर्न सक्नेछन् भने ९८६५६१४५७४ नम्बरमा सम्पर्क पनि गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077