Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बहालवाला सहसचिवसहित ३२ जनासँग झण्डै डेढ अर्ब बिगो मागदाबी (पूर्णपाठसहित )

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर गरेको छ।

वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वपर्यटनमन्त्री शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध मुद्दा दायर गरेको हो ।

त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । उनकाअनुसार एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रकम बिगो माग गरी मुद्दा दायर गरिएको छ।

जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् । उनी पर्यटन मन्त्रालयका सहसचिव हुन् । लामिछाने अहिले नागरिक उड्डयन महाशाखा कार्यरत रहेका छन् ।

वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौैला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन् ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । उनी पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए ।

त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्काली महानिर्देशक एवं‌ समिति सदस्य जीवनप्रकाश सिटौला र समिति सदस्‍य भई अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरूद्ध पनि दर्ता भएको छ।

त्यसैगरी निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्काली निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालविरूद्ध पनि मुद्दा छ। २०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077