Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।

सत्ता साझेदार दल नागरिक उन्मुक्तिको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।

आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो तर पटक–पटक बैठक सारिएको थियो ।

अन्तिममा पनि विश्वासको मत नपाउने अवस्था भएपछि मुख्यमन्त्री शाहले साढे ६ बजे प्रदेश प्रमुखको निवास पुगेर राजीनामा बुझाएका हुन् । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077