Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु

चितवन । चितवनमा एक जनाको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ।

चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको हो ।

तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा सुनारको घाँटीमा हड्डी अड्किएको थियो।

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए।

तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो।

भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077