Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - कपाल पलाउन थालेको छ, पार्टीमा २० वर्ष अरूले आस नगरे हुन्छ

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् ।

शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेर आउने बताए । उनले एमाले बिनाको नेपाल र आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेको बताए ।

अध्यक्ष ओलीले भने,‘कसैले एमाले बिनाको नेपाल भने। कठैवरी। एमाले बिनाको नेपाल रे, केपी ओली बिनाको एमाले भने। दया लागेर आउँछ। केपी ओली नभइदिएदेखि यसो गर्थ्यौं, उसो गर्थ्यौं लाग्या होला।मेरो कपाल सबै झरेथ्यो। अहिले पलाउन थाल्या छ, रोपेको होइन । २० बर्ष कसैले आस नगरे हुन्छ।’

आफूले पोहोर परार जुँगा कालाकाला हुन थालेको सम्झँदै ओलीले अहिले कपाल पनि पलाउन थालेको भन्दै २० बर्ष कसैले आस गर्न नपर्ने बताए।

एमाले अहिले नयाँ समीकरणमा सरकारमा रहेको भन्दै उनले सरकारमा सहभागी सबै पार्टीका आफ्नै नीति र उदेश्य रहेको बताए।

सुशासन र विकासका लागि नयाँ समीकरण बनाउनुपरेको उनको दाबी छ। एमालेको उदेश्य महान् रहेकाले झिंगाको सरापले डिंगा नमर्ने ओलीले बताए।

पार्टीमा रहेर लिनुसम्म लिएका व्यक्तिले अझै भाग खोज्ने प्रवृत्ति पार्टीमा मौलाएको भन्दै उनले असन्तुष्टि जनाए। आफूले अध्यक्ष पद छाडेपछि यसरी भाग नखोज्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077