Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोप पठाइदिन्छु भन्दै श्रीलंकन नागरिकलाई बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

काठमाडौं । श्रीलंकन नागरिकहरूलाई युरोप पठाई दिने भन्दै नेपाल ल्याएर बन्धक बनाई राख्ने चार जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाकिस्तानीका जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिह रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारको लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ

। उनीहरुले श्रीलंकन नागरिकहरूलाई नेपाल ल्याएर होटलमा राखेर पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिई धाकधम्की र कुटपिट गर्ने गरेका थिए ।

पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077